अपर सोलु हाइड्रोले तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ !
अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड (USHEC) ले आर्थिक वर्ष २०७९/०८० को अपरिष्कृत तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार कम्पनीले गत आ.वमा खुद नाफा रू. १.०८ करोड कमाई गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा तेस्रो त्रैमासमा खुद नाफा ७८.९८ प्रतिशतले घटेको हो ।
कम्पनीको चुक्ता पुँजी रू. १.३५ अर्बा रहेको छ भने कम्पनीसँग ३ अर्ब ६४ करोड रुपैयाँ ऋणात्मक निक्षेप रहेको छ ।
कम्पनीले वित्तीय खर्च रू. ३०.७३ करोड रिपोर्ट गरेको छ जुन २४४.७३% को वृद्धि हो। वित्तीय खर्चको वृद्धिले यस अवधिमा माथिल्लो सोलुको नाफालाई पनि असर गरेको छ।
कम्पनीको वार्षिक ईपीएस रु. १.०७ र प्रति शेयर नेटवर्थ रु. ९७.३० रहेको छ।
Comments