नागरिक लगानी कोषको तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित
नागरिक लगानी कोष (CIT) ले आर्थिक वर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले तेश्रो त्रैमासमा रु. ७७.७९ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा २६.१५% ले बढी रहेको छ। खुद नाफा बढे पनि शेयर संख्या बढेको ले प्रति शेयर आम्दनी भने रु. २५.१५ बाट घटेर रु. २४.४० कायम हुन आएको छ।
लगानी आम्दानीमा १३.०२% को वृद्धि, व्याज आम्दानीमा १०६.७७% को वृद्धि, सेवा शुल्क तथा कमिसन आम्दानीमा ५.९३% को वृद्धि तथा कुल आयमा २१.९४% को वृद्धि भएको ले खुद नाफामा सुधार आएको हो।
Comments