स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई घोराही सिमेन्टको आइपिओ खुल्ला
कम्पनीले स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता आईपीओ जारी गरेको छ। स्थानीयले यो आईपीओमा प्रतिकित्ता ४०० रुपैयाँ तिर्नुपर्नेछ।
आयोजना प्रभावित स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले घोराही सिमेन्टको आइपिओमा जेष्ठ २ गतेसम्म आवेदन दिन् सक्नेछन्। तर, स्थानिय बासिन्दाको लागि भने माग बमोजिम आवेदन नआएमा निष्काशन जेष्ठ १७ गतेसम्म लम्बिने छ।
यस कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका छन्।
Comments