२१ भावि योजनाका साथ वैदेशिक रोजगार व्यवसायी संघको सय दिन, २२ वटा उपलब्धीहरु सार्वजनिक
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नयाँ कार्यसमिति गठन गरेको छ जसमा संघले आइतबार पत्रकार सम्मेलन तथा अन्तरक्रिया गरी सय दिनमा भएका २२ वटा उपलब्धीहरु सार्वजनिक गरेको हो। संघको कार्यकाल २ वर्षको हुने गरी आगामी २१ महिनामा २१ वटै विशेष काम गर्ने गरी कार्ययोजनासमेत बनाइएको छ जसमा अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिएका छन्।
वार्षिक १०० जना कामदारहरुलाई ईजाजत नवीकरण नगरिएको व्यवस्था अन्त्य गर्ने लक्ष्यले कार्यसमितिले निरन्तर प्रयास गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ। संघले श्रम, रोजगार र सामाजिक सुरक्षाको मन्त्रालयबाट यस व्यवस्था खारेज गर्न कानून मन्त्रालयको सल्लाह माग गरेको छ। यसै व्यवस्थालाई सेवा शुल्क परिमार्जन गर्न मन्त्रालयमा माग पेश गरिएको छ र माग प्रमाणीकरण समस्या समाधान गर्न पहल गरिएको छ। संघले विभिन्न विज्ञापन गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्न प्रयास गरेको छ र वैदेशिक रोजगार व्यवसायको कोष संचालन सम्बन्धी मापदण्ड २०७९, नेपाल स्थित साउदी अरबको दुतावाससँग सम्बन्धित समस्या समाधान गर्न पहल गरेको छ। यसै गरी मलेसियाका समस्याबारे मलेसियन गृहमन्त्रीलाई ध्यानाकर्षण गराइएको छ।
संघले विभिन्न समिति गठन गरेर व्यवसायीहरूको समस्या समाधान गर्ने काम गर्नु भएको छ। यसमा, डिक बहादुर खत्रीले अन्तर्राष्ट्रिय समन्वय समिति बनाएका हुन्, सन्जु गुरुङले विदेशी रोजगार विभाग, अपराध अनुसन्धान महाशाखा, अध्यागमन विभाग र काठमाडौंको ताहाचलका कार्यालयले समस्या समाधान समिति गठन गरेका छन्। त्यसैगरी, कर्णराज कटुवालले विदेशी रोजगार विभाग समन्वय समिति बनाएका हुन् र रोशन कटुवालले अतिरिक्त कार्यकलाप समिति गठन गरेका छन्।
त्यसैगरी, व्यवसायीलाई क्षमता वृद्धि गराउने प्रशिक्षण कार्यक्रम, मलेसियाको मागपत्र प्रमाणित गर्न थप समय लाग्ने समस्या समाधान गर्ने कोशिश गरिएको छ। त्यसपछि, KDN Expixe सम्बन्धमा समस्या समाधान गरिएको छ। सामाजिक सुरक्षा कोषको समस्याहरूलाई ठीक गरिएको छ र विरामी व्यवसायीहरूलाई आर्थिक सहयोग प्रदान गरिएको छ। विदेशमा मृत्यु भएका व्यवसायीको परिवारलाई हस्तान्तरण गरिएको छ।
त्यसैगरी संघको भावी नीति तथा कार्यक्रमहरुमा सेवा शुल्क परिमार्जन (वृद्धि) गराउने, छुटाछुटै ईजाजत लिन पर्ने व्यवस्था अन्त्य गराउने, (३) वैदेशिक रोजगार व्यवसायी कोष सञ्चालनमा ल्याउने, वैदेशिक रोजगार सूचना प्रणालीका समस्या समाधान गर्ने, १०० जना कामदार नपठाए ईजाजत नवीकरण नहुने व्यवस्था खारेज गर्ने, व्यवसायीले व्यवसाय गर्न नपाउने व्यवस्था अन्त्य गर्न पहल गर्ने, विद्यमान ऐन तथा कानुनलाई समय सापेक्ष परिमार्जन गर्न पहल गर्नेे, वैदेशिक रोजगार सम्बन्धि चेतनामुलक कार्यक्रम संचालन गर्ने , पूर्व स्वीकृति र अन्तिम स्वीकृति सम्वन्धि समस्या समाधान गर्ने, मन्त्रालयको सहमति, सरोकारवालाको सुझावको आधारमा तलव तोक्ने व्यवस्था गर्ने छन् । माग पत्र प्रमाणीकरणमा डिमान्ड एटेन्सन सहजता, श्रम सहचारीको भूमिका सशक्त बनाउने, विदेशमा कानूनी सहायता उपलव्ध गराउन पहल गर्ने, रोजगारदाता मुलुकमा रोजगार मेला गर्ने, रोजगारीको नया“ गन्तव्य खोज्ने, २ वर्ष शेयर बेच्न नपाउने व्यस्था हटाउन पहल गर्ने, व्यवसायीलाई स्वास्थ्य सेवा दिन अस्पतालहरुसंग सहकार्य गर्ने, कामदार तथा श्रमिक अस्पताल खोल्न पहल गर्ने, श्रम तथा रोजगार वैंक खोल्न पहल गर्ने, सिप सिकाउन तालिम केन्द्र खोली सिप सिकाई दक्ष कामदार पठाउन पहल गर्ने, संघको भवन निर्माण गर्ने योजना संघले लिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
नेपालमा अहिलेसम्म १ हजार ६ सय वटा कम्पनीलाई वैदेशिक रोजगार व्यवसाय गर्ने ईजाजत दिइएको छ । केही कम्पनी एकआपसमा मर्ज भएका र केही कम्पनी कारवाहीमा परि खारेज भएको बताइएको छ । केही कम्पनीले ईजाजत नविकरण नगराएकाले केहि व्यवसायीले स्वेच्छाले कम्पनी वन्द गरेकाले अहिले करिब ९ सय वटा कम्पनीले वैदेशिक रोजगार व्यवसाय सञ्चालनमा रहेको संघले जनाएको छ । संंचालनमा रहेका कम्पनीमा करिव १० हजार जनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पचास हजारले रोजगारी पाइरहेको बताइएको छ ।
Comments