माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड गरिने
धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले माई खोला हाइड्रोपावरको आईपीओ बाँडफाँड गर्नेछ। आईपीओ बाँडफाँड कार्यक्रम प्रभु क्यापिटलको काठमाण्डौ कमलादीस्थित कार्यालयमा बिहान ९ः३० बजे राखिएको छ।
कम्पनीले गत वैशाख ८ गतेदेखि वैशाख १२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।
निष्कासनको अन्तिम दिनसम्म यो आईपीओमा १३ लाख ३१ हजार २३८ जनाले कुल १ करोड ४८ लाख ७ हजार ७५० कित्ताका लागि आवेदन दिएका छन्। जुन मागभन्दा ११.६६ गुणा बढी आवेदन हो।
Comments