आँखुखोला जलविद्युत कम्पनीको २०० प्रतिशत हकप्रद शेयर प्रस्ताव

आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले चुक्ता पुँजी रु ८०,००,००,०००- (असी करोड) बराबरको १:२ ( एक शेयर बराबर नया २ शेयर) को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ।

कम्पनीको बैशाख १५ मा बसेको संचालक समितिको बैठकले गणेश हिमाल हाइड्रोपावरले आफुले प्रबर्द्धन गर्न लागेको २० मे वा क्षमताको आखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नको लागि आँखुखोला जलविद्युत समक्ष प्रस्ताव पेश गरेकोमा आयोजनाको विस्तृत परियोजना विवरण माथी अध्ययन गर्दा उक्त आयोजना लगानी र प्रतिफलको हिसावले उपयुक्त देखिएकोले उक्त आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्ने कम्पनीले निर्णय गरेको हो।

प्रस्ताव गरिएको हकप्रद शेयर विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्च्यात कम्पनीको आगामी साधारण सभा समक्ष अनुमोदनको लागी पेश गरिनेछ।

Comments

Back to top