शिवश्री हाइड्रोपावरको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न प्रस्ताब

शिवश्री हाइड्रोपावर लिमिटेड (SSHL)को बैशाख १४ गते बसेको संचालक समितिको बैठकले बैंकको ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव अघि सारेको छ ।

 हाइड्रोपावरले चुक्ता पूँजीको १०० प्रतिशत अर्थात १:१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको हो।  प्रस्तावित हकप्रद शेयर विद्युत नियमन आयोगबाट सहमती लिई आगामी साधारण सभामा पेश गरिनेछ।

Comments

Back to top