नेप्सेले खोज्दै नँया सपोर्ट

१२ अप्रिलका दिन ९२अङ्कको बुलिश क्यानड बनेको बजारमा आज १२औ कारोबार पछि सो बढाई पूर्ण रुपमा सकिएको छ।  यसरी बनेको मुमेण्टम क्यान्डललाई बजारको गिरावटले सकाउनुलाई बजारमा अझै बियारिश सेन्टिमेन्ट हावी रहेको बुझ्न सकिन्छ।  आज देखिएको १९.०८ अङ्कको गिरावटले लगानीकर्ताको मनमा बजारमा नँया लो बन्न सक्ने आशंका पैदा गरिदिएको छ।  केहि समय यता कारोबार रकम निकै न्यून अवस्थामा रहदा बजारले छिटै रिभार्सल दिने जनविश्वास रहेकोमा आज कारोबार रकममा देखिएको वृद्धिले धेरै लगानीकर्ताले स्पट लस लगाएर बजारबाट निस्किएको अनुमान लगाउन सजिलो भएको छ। 
१८७०.६५ को बिन्दुमा रहेको सूचकलाई अबको सपोर्ट १८४६-१८४८को एरियामा देखिन्छ र सो बिन्दुले बजारलाई थेग्न नसके बजारले १८०८ वा सो भन्दा मुनि १७४०को एरियामा सपोर्ट लिन सक्ने देखिन्छ।  

Comments

Back to top