नेप्सेमा केही अंकको गिरावट, कारोबार रकम ९५ करोड ४३ लाख २२ हजार!
आज आइतबार १९.११ अङ्कले घटेर १.०१% गिरावटका साथ नेप्से परिसूचक १८७०.७३ अङ्कमा बन्द भएको छ। कारोबार भएका २७१ कम्पनीमध्ये २६ कम्पनी उकालो लागेका छन्, १८९ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा एन एम बी सुलभ फण्ड रहेको छ जसको ३.३३% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा एन आइबिएल ग्रोथ फण्ड रहेको छ जसको सेयर मूल्य ८.८९% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम् सिमेन्ट र भोल्यूममा नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको कारोबार भएको छ।
Comments