आरविवि म्युचुअल फण्ड २ को इकाईमा आजबाट आवेदन खुल्ला
आरविवि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने "आरविवि म्युचुअल फण्ड २" ले आजबाट रु १० अंकित दरका १० करोड २० लाख इकाईको निष्काशन तथा बिक्री खुल्ला गरेको छ।
म्युचुअल फण्डले प्रति इकाई अंकित मूल्य रु १० दरको १२,००,००,००० (बाह्र करोड) इकाई मध्ये न्यूनतम १,८०,००,००० (एक करोड असि लाख) वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ (पन्ध्र) प्रतिशत इकाई कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम १०,२०,००,००० (दश करोड बीस लाख) इकाई स्वीकृत विवरण पुस्तिकाको शर्तानुसार सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरेको हो। “कोष प्रवर्द्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १५ (पन्ध्र) प्रतिशतले रु अठार करोड रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ"।
Comments