नेपाल पुनर्बिमाद्वारा लाभांश घोषणा
नेपाल पुनर्बीमा कम्पनीले ५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । आइतबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई उक्त लाभांश दिने घोषणा गरेको हो ।
बैठकले उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी साधारणसभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने जनाएको हो।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम रहेका चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको हाल चुक्ता पुँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ ।
Comments