नेप्से इन्ट्राडे अपडेट: केही अंकको गिरावट!
आज आइतबार नेप्से बजार १.१७ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८८० को नजिक आएको छ। ०.५६ अङ्कले घटेर नेप्से परिसूचक १८७९.८३ मा आएको हो। आज २ घण्टामा लगभग ३१ करोड ५५ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा हिमालयन बैंक रहेको छ जसको २..२६% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा एन आइ बि एल ग्रोथ फण्ड रहेको छ।
Comments