नागरिक स्टक डिलरको जेठदेखि ब्रोकर सेवा सञ्चालन हुने

नागरिक स्टक डिलरले आगामी जेठ पहिलो सातादेखि स्टक ब्रोकरको सेवा सञ्चालन गर्ने भएको छ । नेपाल स्टक एक्सचेन्जले स्टक डिलरलाई ब्रोकर नम्बर ६० बाट कारोबार गर्ने अनुमति दिएको छ । हाल ५० वटा ब्रोकरहरु सञ्चालमा छन् । नागरिक स्टक डिलरले अनुमति पाएर सँग अव ब्रोकरको संख्या ५१ वटा पुगेको छ ।

स्टक डिलरको अनुमति सँगै ब्रोकर लाइसेन्स पनि पाएको नागरिक स्टक डिलरले सम्पुर्ण तयारी पुरा गरेको छ । नेप्सेले कारोबार सञ्चालन गर्न अनुमति दिए सँगै अव जेठ पहिलो साताबाट सुरु गर्ने तयारी गरेको हो ।

Comments

Back to top