ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१को चैत महिनाको प्रतिवेदन सार्वजनिक
‘ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ (GIBF1)’ को चैत महिनाको न्याभ प्रतिवेदन सार्वजनिक भएको छ ।
"ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड – १" बन्द-अन्त कोष हो र यसको अवधि १० वर्ष रहेको छ भने कोषको आकार रु. १.०२ अर्बा रहेको छ।
चैत्र महिनामा यस कोषको न्याभ रु. ९.७४ रहेको छ जुन अघिल्लो महिनामा रु. ९.७६ रहेको थियो । कोषले रु. ८६.३९ करोड सूचीकृत शेयरमा, रु. १.२ करोड गैर-सूचीबद्ध शेयरमा, र रू. ३ करोड मुद्दती निक्षेपमा लगानी गरेको छ । कोषको बैंक खातामा ६.१७ करोड र अन्य सम्पत्ति रू. ९.४४ करोड रहेको छ।
यस कोष चैत्रमा रु.२.६६ करोड घाटामा रहेको छ।
Comments