११ प्रतिशत ब्याज तोकिएको ९७ करोड ७५ लाखको वैदेशिक बचतपत्र राष्ट्र बैंकद्वारा जारी

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र गैरआवासीय नेपालीलार्य मध्यनजगर गरी नेपाल राष्ट्र बैंकले वैदेशिक बचतपत्र सार्वजनिक गरेको छ । ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको उक्त बचतपत्र राष्ट्र बैंकले शुक्रबार जारी गरेको हो ।

उक्त बचतपत्रमा बार्षिक ११ प्रतिशत ब्याज तोकिएको छ । जसको भुक्तानी प्रत्येक ६ महिनामा हुने राष्ट्र बैंकले जानकार दिएको छ । यस्तो बचतपत्र खरिदकर्ताले न्युनतम १० हजार रुपैयाँदेखि खरिद गर्न सक्नेछन् ।

त्यसका लागि विदेशमा भएको नेपाली नागरिक, विदेशबाट फर्किएको ६ महिना नपुगेका नेपाली नागरिकहरुले पनि आवेदन दिन सक्ने राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । यो बैशाख १७ गतेदेखि जारी गरिने र यसको अन्तिम आवेदन जेठ १७ सम्म लिईने बताईएको छ । यसको कुल सावाँ २०८५ को जेठ २४ मा बुझाउने बताईएको छ ।

'बिजखबर'

Comments

Back to top