डेप्रोस्क लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत

डेप्रोस्क लघुवित्त वित्तीय संस्था लिमिटेड (DDBL) को १३,८७,४९८.३३२८ इकाई बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।

कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि फागुन ३०, २०७९ मा २१ औं वार्षिक साधारणसभा बोलाएको थियो जसले २१.०५२६३२% लाभांश अनुमोदन गरेको थियो। पुस २५ गते बसेको सञ्चालक समितिको ३२५ औँ बैठकले चुक्ता पुँजीको २१.०५२६३२% (२९.२१ करोड) लाभांश वितरण गर्ने निर्णय गरेको थियो। चुक्ता पुँजी  १.३८ अर्बाको  १०% बोनस शेयर रु. १३.८७ करोड र ११.०५२६३२% नगद लाभांश रु. १५.३३ करोड वितरण गरिएको थियो। सोही बोनस सेयर अहिले नेप्सेमा सूचीकृत भएको छ ।

Comments

Back to top