नेप्से इन्ट्राडे अपडेट: सामान्य अंकको गिरावट!

आज बुधबार नेप्से बजार  १.६० अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९०४ को नजिक आएको छ। १.६९ अङ्कले घटेर नेप्से परिसूचक १९०४.०८ मा आएको हो। आज २ घण्टामा लगभग ३० करोड ८४ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा जनउत्थान सामुदायिक लघुवित्त रहेको  छ  जसको ३.९२% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा सनराइज ब्लु चिप फण्ड रहेको छ। 

Comments

Back to top