बैंकहरुको बेसरेट घट्दो क्रममा, महँगियो कर्जाको ब्याजदर
तरलता अभावको प्रत्यक्ष प्रभाव बैंकिङ ब्याजदरमा परेको छ । अघिल्लो वर्ष सरदर ७ प्रतिशत रहेको बैंकिङ आधारदर (बेसरेट) चालु आर्थिक वर्षको सुरुवातमा नै दोहोरो अंक नाघेको हो ।
राष्ट्र बैंकले बैंकहरुलाई हरेक त्रैमासको औसत आधार दरको आधारमा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ । बैंकहरुको आधार दर बढ्दा कर्जाको ब्याजदर पनि बढ्ने गर्छ भने घट्दा घट्ने गर्छ ।
२६ वटा वाणिज्य बैंकहरू मध्ये आधाआधी बैंकहरुको बेसरेट १० प्रतिशत हारहारी पुगेको छ । जसमध्ये चार वटा बैंकको त १० प्रतिशत माथि नै पुगिसकेको छ । कुमारी बैंक, सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक र सनराइज बैंकको आधार दर १० प्रतिशत माथि पुगेको हो । यी बैंकहरुको आधार दर १०.०१ प्रतिशतदेखि १०.५७ प्रतिशतसम्म पुगेको छ ।
सोही औषत बेसरेटमा थप २ देखि ४–५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले कर्जाको ब्याजदर कायम गर्छन् । तर, बैंकहरुको बेसरेट नै महँगो भएपछि स्वतः कर्जाको ब्याजदरसमेत बढ्ने गर्छ ।
Comments