उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्दो क्रममा
काठमाडौं उपत्यकामा विद्युतीय ट्याक्सीको संख्या बढ्दै जाँदै छ। साना ठूला सवारीको कार्यालयको अनुसार, अहिले सम्म १७ वटा विद्युतीय ट्याक्सी दर्ता भएका छन्।
कार्यालयको प्रमुख मदन पोखरेलले "सट्टा दर्तामा अब विद्युतीय ट्याक्सीहरूको दर्ता बढेको छ। उपत्यकामा विद्युतीय ट्याक्सीहरूको संख्या बढ्ने छ भन्ने जानकारी दिय।
बागमती प्रदेशले प्रदेश भित्र नयाँ र सट्टा दर्ता हुने ट्याक्सीहरुलाई अनिवार्य रूपमा विद्युतीय बनाउने मापदण्ड ल्याएको छ। श्रम रोजगार र यातायात मन्त्रालय, बागमतीले जारी गरेको "सार्वजनिक यात्रुबाहक ट्याक्सी सेवाको गुणस्तर सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७८" अनुसार ट्याक्सी धनीहरूले विद्युतीय ट्याक्सी किन्न थालेका हुन्।
विद्युतीय ट्याक्सीलाई साधाराण र विशेष (डिलक्स) ट्याक्सीमा मापदण्डअनुसार वर्गीकरण गरिएको छ। काठमाडौं उपत्यकाभित्र चल्ने २० वर्ष पुगेका ट्याक्सीलाई नयाँ ट्याक्सीमा विद्युतीय नै किन्नुपर्ने अवस्था हुन्छ। सरकारले साधारण र डिलक्स ट्याक्सीका लागि छुट्टाछट्टै दरमा ट्याक्सी भाडा तय गर्ने भनिए पनि, अहिलेसम्म दर भिन्न भएको छैन।
नयाँ मापदण्ड अनुसार, २० वर्ष अघि नै कसैले ट्याक्सीको सट्टा दर्ता गर्न चाहेमा, ट्याक्सीको उत्पादन अवधि १५ वर्ष पुगेको हुनुपर्छ। ट्याक्सी भित्र डिजिटल डिस्प्ले बोर्डसहितको मिटर जोड्नेपर्ने व्यवस्था मापदण्ड अनुसार गरिएको छ।
Comments