सूर्यज्योति लाइफको साधारणसभा आह्वान
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले जेठ ४ गते बिराटनगर स्थित होटेल हैरिसनमा १५ औँ साधारणसभा बोलाएको छ ।
वार्षिक साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले वैशाख २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिकिो प्रतिवेदन, साविक ज्योति लाइफको लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
Comments