आईएमईले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ

आईएमईले आफ्नो एक अर्ब जारी पुँजीको १० प्रतिशतले हुन आउने १० लाख कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गर्न भएको हो । यसको लागि कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा आईएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेका छन्।  

Comments

Back to top