बजारमा ट्रेड सेटअप बनेको हो त ?

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । यसअघि सोमबार २.७२ अङ्कले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसुचक १७.३६ अङ्कले बढेर १९०५.६८ विन्दुमा पुगेको छ । मंगलबार १३ उपसुचकहरु मध्ये म्युचुअल फण्ढ बाहेका सबै कम्पनीहरुमा उकालो लागेको छ । 
हाइ क्यापमा पर्ने शिवम् सिमेन्टले करिब ४ प्रतिशत वृद्धि गर्दा नेप्सेले पनि हाल चलिरहेको ट्रेन्डलाइन ब्रेक गर्न सफल भएको हो। ट्रेडिङ्गका दृष्टिकोणले बजारलाई हेर्ने हो भने बजारले राम्रो सपोर्टको जोनबाट बाउन्स दिएको र अब बजारमा १९८०को टार्गेट राखि सेयर खरिद गरिन सकिने देखिन्छ।  १८८०को बिन्दुमा स्टपलस राखेर १९८०को टार्गेट बनाउदा बजारमा राम्रो रिस्क टु रिवार्ड रेसियो राहेको देखिन्छ।   

Comments

Back to top