नेप्से इन्ट्राडे अपडेट: सामान्य अंकको गिरावट!

आज मंगलबार नेप्से बजार  २.१९ अंकले घटेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १८८६ को नजिक आएको छ। २.१९ अङ्कले घटेर नेप्से परिसूचक १८८६.१३ मा आएको हो। आज २ घण्टामा लगभग २५ करोड ८ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा सिटिजान्स म्युचल  फण्ड  रहेको  छ  जसको ५.९०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा  सनराइज ब्लु चिप फण्ड रहेको छ। 

Comments

Back to top