जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको पूँजी ५ अर्ब र रु २.५ अर्ब पुँजी बढाउने समयसीमा असारसम्म थप

नेपाल बीमा प्राधिकरणले २०७८ चैत १० गते जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी रु. ५ अर्बलाई बनाउन निर्देशन दिएको थियो। निर्जीवन बीमा कम्पनीहरूलाई पनि बीमा समितिले आफ्नो चुक्ता पुँजी रु. २.५ अर्ब बनाउन निर्देशन दिएको थियो।  तर धेरै बीमा कम्पनीहरूले बोर्डलाई आवश्यक न्यूनतम पूँजी कायम गर्न नसकेका कारण चुक्ता पुँजी बढाउने म्याद थप गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले अब बीमा कम्पनीहरुलाई पुँजी जुटाउन थप तीन महिनाको समय दिने निर्णय गरेको छ । असार मसान्तसम्ममा भने जीवन र निर्जीवन बीमा कम्पनीहरूसँग आवश्यक न्यूनतम चुक्ता पुँजी बनाउनै पर्ने छ।  

Comments

Back to top