साखः ग्रुपले व्यवसायिक रूपमै कम्पोस्ट मलको उत्पादन सुरु!
साखः ग्रुपले व्यवसायिक रूपमै कम्पोस्ट मलको उत्पादन सुरु गरेको हो । साखःले ४ महिना अगाडी कम्पोस्ट मलको परीक्षण उत्पादन गरेको थियो । कम्पनीले जापानी सीएनबीएन प्रविधिमा कम्पोस्ट मल उत्पादन गरिरहेको छ ।
साखः ग्रूपका निर्देशक किरणप्रकाश साखःका अनुसार सहायक कम्पनी स्थापना गरेर कम्पोस्ट मल उत्पादन थालिएको हो । मल उत्पादन गर्न साखः ग्रुपले सिन्धुलीको दुधौली नगरपालिकामा रिकिसी दाइची कम्पोस्ट फर्टिलाइजर एन्ड एग्रो फार्म प्रा.लि. स्थापना गरेको छ ।
कम्पोस्ट मलले रासायनिक मलले जस्तै काम गर्ने भन्दै साखःले सबै नगरपालिकासँग सहकार्य गरेर उत्पादन विस्तार गरिने योजना रहेको छ।
Comments