एनआइसी एसिया लघुवित्तको एजीएम सम्पन्न

एनआइसी एसिया लघुवित्तको वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ।  
साभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई करसहित १४.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश बहेको भएको छ।  यस्तै, संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि प्रस्तुत भएको छ  । साधारण सभा होटल गजुर, मोटेपुल धरानमा बसेको  हो  ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि वैशाख १ गतेदेखि बुक क्लोज गरिसकेको छ । जसअनुसार कम्पनीमा चैत ३० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने कम्पनीले जनाएको छ ।

Comments

Back to top