लगानीकर्तालाई फेरी झुक्किएको आभास, कहाँ रोकिएला त अब बजार ?
बजारले ९२अङ्कको बढोत्तरीका साथ हर्ष र उल्लास दिएको लगानीकर्तालाई अहिले भने निकै निराश बनाएको छ। बजारमा ब्याजदरको खबर फैलाएर नेप्सेमा पम्प एण्ड डम्प भयो भन्ने लगानीकर्ताको अहिलेको विश्वास रहेको छ। यद्यपि टेक्निकल्ली बजारलाई हेर्ने हो भने बजारले १९८५को बिन्दुमा रहेको २००दिनको मुभिङ्ग एभरेजमा रिसिस्ट्यान्स लिएर करेक्सन आएको देख्न सकिन्छ। त्यसैले लगानीकर्ताले सुरक्षित लगानी गर्न चाहने हो भने बटम फ़िशिङ्गको अवसर खोज्नु भन्दा पनि २००दिनको मुभिङ्ग एभरेज भन्दा माथि सूचक टिकेर बसेपछि मात्र लगानी गर्नु उचित देखिन्छ। बजारको अहिलेको सपोर्टको ट्रेन्डलाइन तथा मुमेन्टम क्यान्डलको ओरिजिन १८७५-१८६५को जोनले बजारलाई सपोर्ट दिन सक्ने देख्न सकिन्छ भने बजारलाई प्रतिरोध १९३० र त्यस पछि १९८५को एरियामा रहेको देखिन्छ।
Comments