हिमालयन स्टक एक्सचेञ्जपछि 'नेशनल स्टक एक्सचेन्ज'को धितोपत्र बोर्डमा आवेदन !
आज आइतबार हिमालयन स्टक एक्सचेञ्जपछि नेशनल स्टक एक्सचेन्जको पनि नेपाल धितोपत्र बोर्डमा आवेदन परेको छ। हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी रहेको छ भने नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जिवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनको लगानी छ ।
Comments