बजफिडको आम्दानीमा उच्च कमी आएपछि न्यूज साइट बन्द गर्दै
डिजिटल सञ्चार कम्पनीहरूले एडभर्टाईजिंग आम्दानीमा उच्च कमीलगायत गम्भीर खालको वित्तीय चुनौतीको सामना गरिरहेकै समयमा बजफिडले आफ्नो न्यूज साइट बन्द गर्दैछ । कम्पनीका प्रमुख कार्यकारी अधिकारी जोनाह पेरेट्टीका अनुसार कम्पनीले १५ प्रतिशत कर्मचारीलाई कामबाट पनि निकाल्दैछ।
यो निर्णयलाई पेरेट्टीले अति नै दुःखदायक भनेका छन् । नाफा कमाउन नसक्ने साइटमा आफूले थप लगानी गर्न नसक्ने उनको भनाई छ ।
कम्पनीले अब हफपोष्ट मार्फत समाचारहरू फोकश गर्ने बताएको छ । बजफिडले दुई वर्षअघि मात्रै हफपोष्ट किनेको थियो । अहिले सञ्चार माध्यमहरू निकै पीडामा भएको अनि आफूहरू पुनः नयाँ तरिकाले आउन तयार रहेको कर्मचारीहरूको नाममा जारी गरिएको एक मेमोमा उनले उल्लेख गरेका छन् ।
बजफिड सन् २००६ मा खुलेको हो । यो कुनै समय अनलाइन मिडियामा सबैभन्दा चलेको नाम थियो । यसलाई धेरैले क्विज र भाइरल कन्टेन्टको लागि रुचाएका थिए ।यसले संवेदनशील खबरहरू पनि चालएको थियो । गएको वर्षको अन्त्यतिर बजफिडले विश्वभर १ हजार ३०० भन्दा धेरैलाई जागिर दिइरहेको थियो ।
तर, पछिल्लो समय यसले समाचारलाई छाडेर कष्टम कन्टेन्टहरू बनाइरहेको थियो । कम्पनी सन् २०२१ मा सूचीकृत भएको थियो । तर, आईपीओमा यसले आशा गरेभन्दा कम पैसा उठाउन सक्यो । अहिले हरेक क्षेत्र र विभागमा कर्मचारी कटौती भइरहेको छ ।
Comments