विद्युतीय सवारी आयात नौ महिनामा ६६ प्रतिशतले बढ्यो

चालू आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधनको आयात ६६.३९ प्रतिशतले बढेको छ। भन्सार विभागले जारी गरेको विवरणको अनुसार, समीक्षा अवधिमा दुई हजार चार सय ५१ वटा विद्युतीय सवारी साधन आयात भएको छ। गत आवको तुलनामा, समान अवधिमा एक हजार चार सय ७३ वटा विद्युतीय सवारी आयात भएको थियो।

विभागले जारी गरेको तथ्यांक अनुसार, चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्री पुगेका थिए। गत आवको तुलनामा, समान अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो।

विभागले जारी गरेको तथ्यांक अनुसार, समीक्षा अवधिमा सबैभन्दा धेरै विद्युतीय सवारी साधन भारतबाट आयात भएका थिए। 

नेपालमा भारतबाट सबैभन्दा धेरै विद्युतीय गाडीहरु आयात भएका छन्। चीनबाट एक सय किलोवाट क्षमताका तीन सय ८१, दक्षिण कोरियाबाट एक सय किलोवाट क्षमताका दुई सय ४०, र इन्डोनेशियाबाट तीन वटा विद्युतीय सवारी साधनहरू आयात भएका छन्। दक्षिण कोरियाबाट एक सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारीहरु पनि नेपालमा आयात भएका हुन्। भन्सार विभागको अनुसार चीनबाट दुई सयदेखि ३०० किलोवाट क्षमताका पाँच, र बेलायतबाट दुई विद्युतीय गाडीहरु नेपालमा आयात भएका हुन्।

विद्युतीय सवारी आयातले सरकारले एक अर्ब ९३ करोड १३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

Comments

Back to top