गुगल नेपालको कर प्रणालीमा भयो दर्ता
गुगल एलएलसी (लिमिटेड लायबिलिटी कम्पनी) विश्वकै ठूलो प्रविधि कम्पनी नेपालको कर प्रणालीमा दर्ता भएको छ। आन्तरिक राजस्व विभागअन्तर्गतको ठूला करदाता कार्यालयमा गुगल दर्ता भएको हो।
सरकारले चालु आर्थिक वर्ष २०७९र८० को आर्थिक ऐनबाट व्यवस्था गरेको विद्युतीय सेवा कर तिर्ने गरी गुगल दर्ता भएको विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले जानकारी दिनुभयो। “गुगलले नेपालमा उपलब्ध गराउने विभिन्न सेवा र उत्पादनको विद्युतीय सेवा करअनुसार नै कर तिर्ने गरी दर्ता भएको छ,” उहाँले भन्नुभयो।
सिङ्गापुरस्थित क्षेत्रीय कार्यालयका नाममा गुगल नेपालमा दर्ता भएको हो । सरकारले आर्थिक वर्ष २०७९/८० देखि गैर बासिन्दा व्यक्तिले पनि नेपालका उपभक्तलाई उपलब्ध गराइने विद्युतीय सेवा बापतको कारोबार मूल्यमा २ प्रतिशतका दरले कर तिर्नु पर्ने व्यवस्था लागू गरेको छ ।
‘सर्च इन्जिन जायन्ट’का रूपमा चर्चिच गुगलका युट्युब र एन्ड्रोइड अपरेटिङ सिस्टम नेपालमा लोकप्रिय छन्। यसबाहेक गुगलले वेब ब्राउजिङ, क्लाउड कम्प्युटिङ, जिमेल, म्याप्स, फोटोज्लगायतका सेवा पनि उपलब्ध गराइरहेको छ। यो समाचार गोरखापत्र दैनिकमा छ ।
Comments