वाल्डट डिज्नी कम्पनीका ७ हजार कर्मचारी निकालिँदै!

मास मिडिया तथा मनोरञ्जन कम्पनी वाल्डट डिज्नी (Walt Disney)ले आगामी हप्ता हजारौं कर्मचारीलाई जागिरबाट निकाल्ने भएको छ। कम्पनीले आफ्नो मनोरञ्जन एकाईबाट १५ प्रतिशत जति कर्मचारीलाई निकाल्न थालेको यस मामिलाबारे जानकार व्यक्तिहरूले भनेको भन्दै ब्लुम्बर्गले समाचार छापेको छ ।

डिज्नीले व्यवसाय चलाइरहेको हरेक देश तथा क्षेत्रमा कर्मचारी कटौती हुने बताइएको छ । अर्थात् कटौतीको असर टिभी, फिल्म, थिम पार्कदेखि कर्पोरेटसम्म हुनेछ । कामबाट निकालिने कर्मचारीलाई अप्रिल २४ सम्म सूचना दिइने बताइएको छ । तर, कम्पनीले यसबारे केही भनेको छैन । 

डिज्नीले फेब्रुअरीमा नै वार्षिक ५ अर्ब ५० करोड डलर बचाउन २२ हजारभन्दा धेरै कर्मचारीमध्येबाट ७ हजारलाई निकाल्ने योजना बनाएको थियो । फिल्म, टिभी प्रडक्शन, वितरण व्यवसाय लगायतलाई हेर्ने यो कम्पनी यही वर्ष पुनःसंरचनाका क्रममा खडा गरिएको थियो ।

पुनःसंरचनाको हिस्साअन्तर्गत कम्पनीमा जिम्मेवारीमा पनि व्यापक हेरफेर भएको छ । आर्थिक सुस्ती र अनलाइन भिडियो प्लेटफर्म चलाउन धेरै खर्च लागेको अवस्थामा अहिले वार्नर ब्रोज, पारामाउन्ट ग्लोबल समेतका अधिकांश प्रमुख मिडिया कम्पनीहरूले धमाधम कर्मचारी निकालिरहेका छन् । 

एजेन्सी

Comments

Back to top