नेपाल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म खुद नाफा १८.७२ प्रतिशतले घट्यो !

तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब २२ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १८.७२ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा २ अर्ब १९ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म घटेर १ अर्ब ७८ करोड रुपैयाँमा सीमित बनेको छ। 
यस अवधिमा बैंकको ईपीएस घटेर १६.१७ रुपैयाँ कायम भएको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १६.१३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २४१.९७ रुपैया रहेको छ। 

Comments

Back to top