घोराही सिमेन्टले प्रिमियम मुल्यमा आईपीओ जारी गर्ने, प्रतिकित्ता ४३५ रुपैया मात्र

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ। कम्पनीले स्थानीयका लागि ३ लाख ९७ हजार १९० कित्ता आईपीओ जारी गर्नेछ। स्थानीयले भने यो आईपीओमा प्रतिकित्ता ४०० रुपैयाँ तिर्नुपर्नेछ। त्यसै गरि सर्वसाधारणका लागि ७५ लाख ४६ हजार ६११ कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ। सर्वसाधारणले यो आईपीओमा प्रतिकित्ता ४३५ रुपैयाँ तिर्नुपर्नेछ।
 यस कम्पनीको आइपिओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका छन्। 

Comments

Back to top