नेप्सेमा केही अंकको गिरावट, कारोबार रकम ९८ करोड ३३ लाख ६७ हजार !
आज बिहीबार १५.७३ अङ्कले घटेर ०.८२% गिरावटका साथ नेप्से परिसूचक १९०४.४० अङ्कमा बन्द भएको छ। कारोबार भएका २६७ कम्पनीमध्ये ३३ कम्पनी उकालो लागेका छन्, १७८ कम्पनी ओरालो लागेका छन् भने ८ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा कालिन्चोक दर्शन रहेको छ जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा आदर्श लघुवित्त रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा एनआइसी एशिया बैंक र भोल्यूममा कुमारी बैंक प्रोमोटर शेयर भएको छ।
Comments