प्रभु क्यापिटलले मातातीर्थ औँसीका अवसरमा लगानी व्यवस्थापन सेवामा ल्यायो विशेष अफर

प्रभु क्यापिटल लिमिटेडले यस मातातीर्थ औंसीको अवसरमा विशेष अफर ल्याएको छ। आमाको अपार मायालाई सम्मानस्वरुप सञ्चालन गरिएको प्रभु क्यापिटलको लगानी व्यवस्थापन सेवामा निःशुल्क वार्षिक शुल्क तथा प्रफिट सेयरिङमा ५० प्रतिशत रहने क्यापिटलले जनाएको छ।

“माया स्वरुप उपहार, मेरी प्यारी आमालाई” भन्ने नाराका साथ यो अफर वैशाख महिनासम्म सञ्चालनमा रहनेछ। यो अवधिभित्र लगानी व्यवस्थापन सेवामा आबद्ध हुने गा्रहकले यस लगानी व्यवस्थापन सेवामा निःशुल्क वार्षिक शूल्क तथा प्रफिट सेयरिङमा ५० प्रतिशत छुट पाउन सक्नेछन्। 

ग्राहकले रु. ३ लाखबाट लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन्। रु. ३ लाख ग्राहकले क्यास, आफ्नो सेयर पोर्टफोलियो अथवा क्यास र सेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन्।

क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ई–मेलमार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ। 

ग्राहकले प्रभु क्यापिटलको डिजिटल एपमार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा सुरु गरिसकेको क्यापिटलले जनाएको छ।

Comments

Back to top