नबिल बैंक लिमिटेडको चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा ५२.६३ प्रतिशतले खुद नाफामा वृद्धि, इपीएस कति ?

नबिल बैंक लिमिटेडले चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा  ५२.६३ प्रतिशतले खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ। यस अवधिमा बैंकको खुद नाफा ३ अर्ब ३५ करोडबाट बढेर ५ अर्ब ११ करोड पुगेको छ ।  
यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड रुपैयाँ भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६ अर्ब ५९ करोड रुपैया थियो। चुक्तापुँजी २७ अर्ब ५ करोड रहको बैंकको रिजर्भ २५ अर्ब ५७ करोड रुपैया रहेको छ।  
बैंकको प्रति सेयर आम्दानी २५ रुपैयाँ २१ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा तथा मुल्य आम्दानीको अनुपात २४.५५ गुणा रहेको छ। 

Comments

Back to top