एनआइसी एसियाको खुद मुनाफामा वृद्धि, इपीएस कति ?
एनआईसी एशिया बैंक लिमिटेड (एनआईसीए) ले आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ जसमा खुद नाफा ११.३८ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०७८/०७९ को तेस्रो त्रैमासिकमा बैंकको खुद नाफा रू. ३.६० अर्ब रहेको थियो भने २०७८/०७९ को तेस्रो त्रैमाससम्म बैंकले ४.०१ अर्ब खुद नाफा आम्दानी गरेको छ। यहि अवधिमा कम्पनीको निष्क्रिय कर्जा (एनपीएल) पनि ०.५१ प्रतिशतबाट बढेर ०.८५ प्रतिशत पुगेको छ । कम्पनिको प्रति सेयर आम्दानी ४६.२९रहेको छ भने मुल्य आम्दानी अनुपात १५.६० रहेको छ।
Comments