अरुण भ्याली हाइड्रोले १००% हकप्रद निष्काशन गर्ने
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको हकप्रद निष्काशन गर्ने बुधबार बसेको संचालक समितिको बैठकले प्रस्ताव गरेको छ । चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय भएको हो।
उक्त हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.)को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्नेछ भने बाँकी रकम रू.९३,३९,८१,३००।- कम्पनीले निर्माण सम्पन्न गरि सञ्चालनमा रहेको काबेली बी-१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नको लागि उपयोग गर्ने निर्णय भएको कम्पनीले जनाएको छ।
Comments