रिडी पावरले ५०% हकप्रद जारी गर्ने
रिडी पावर कम्पनी लिमिटेडले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ।
कम्पनीको गत माघ ४ गते बसेको संचालक समितिको बैठकले १:०.५० को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको थियो। विशेष साधारणसभाबाट अनुमोदन गरे पश्चात नेपाल धितोपत्र बोर्डले अन्तिम स्वीकृती दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ । हकप्रद बिक्रीबाट आउने रकम रिडी पावरको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी १० मेगावाट क्षमताको तल्लो बलेफीखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वपुँजी व्यवस्थापन गर्ने कम्पनीले जनाएको छ।
Comments