फर्स्ट माईक्रोफाइनान्सले प्रकाशित गर्यो तेश्रो त्रैमासको वित्तिय विवरण !
फर्स्ट माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड (FMDBL) ले आर्थिक बर्ष २०७९/८० को तेश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। चुक्तापुँजी १ अर्ब १४ करोड रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म ७ अर्ब ७८ करोड रुपैयाँ सापटी लिई ८ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवह गरेको छ। यस कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २२.६० रुपैयाँमा झरेको छ।
पीई रेसियो २३.८५ गुणा रहेको यस कम्पनिको प्रतिसेयर नेटवर्थ रुपिया १३७.७३ रहेको छ।
Comments