नेप्से इन्ट्राडे अपडेट: सामान्य अंकको वृद्धि !

आज बुधबार नेप्से बजार  १.७६ अंकले बढेको छ।     

सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९०६ को नजिक आएको छ। १.७६ अङ्कले बढेर नेप्से परिसूचक १९०६.७५ मा आएको हो। आज २ घण्टामा लगभग २७ करोड ९६ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।

यस्तै, आजको टप गेनरमा कालिन्चोक दर्सन रहेको  छ  जसको ९.९९% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा आदर्श लघुवित्त  रहेको छ। 

Comments

Back to top