सामसङ मोबाइल किन्दा नबिल बैंकका ग्राहकलाई क्यासब्याक!
सामसङ मोबाइल खरिद गर्दा नबिल बैंकका ग्राहकले क्यासब्याक पाउने भएका छन्। ग्राहकलाई क्यासब्याक दिने सम्झौतामा बैंक र सामसङबीच सम्झौता भएको हो ।
स्मार्ट फोन सामसङले हालै मात्र बजारमा उपलब्ध गराएका ए सिरिज मोडलका दुईवटा नयाँ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जीको खरिदमा सीमित समयका लागि योजना सुरु गरेको जनाइएको छ । सम्झौताअनुसार यी दुई मोडलका मोबाइल नबिल बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरी खरिद गर्दा दुई हजार रुपैयाँ क्यासब्याक पाउने उल्लेख छ ।
सामसङ ग्यालेक्सी ए३४ ५जी र ग्यालेक्सी ए५४ ५जी मोडलहरूमा आकर्षक क्यामराहरू र धेरै दिनसम्म चलिरहने ५००० एमएएच ब्याट्रीजडित रहेको उल्लेख छ । यी मोडलहरू आकर्षक डिजाइन तथा विविध रङहरूमा उपलब्ध रहेको कम्पनीको भनाइ छ । योजना सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ ।
Comments