निफ्राले प्रकाशित गर्यो तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण, नाफामा ६७ प्रतिशत वृद्धि !
निफ्राले तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले ५९ करोड ४५ लाख खुद नाफा कमाएको थियो भने यस चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा बढेर १ अर्ब १६ करोड पुगेको छ जुन ६७ प्रतिशतको वृद्धि हो।
२१ अर्ब ६० करोड चुक्ता पुँजी रहेको यस कम्पनिको रिजर्भमा १ अर्ब ९८ करोड रहेको छ भने विवतरणयोग्य मुनाफा ९१ करोड ६१ लाख रहेको छ ।
यस त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको प्रति शेयर आम्दानी ७.१७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०९.१९ रुपैयाँ रहेको छ।
Comments