कामना सेवा विकास बैंकद्वारा वार्षिक साधारणसभा आह्वान
कामना सेवा विकास बैंकले आफ्नो १६ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
वैशाख ४ गते बसेको बैठकले वार्षिक साधारणसभा यही वैशाख ३१ गते काठमाण्डौको बौद्ध सिमलटारस्थित सिद्धार्थ बुटिक होटेलमा बिहान ११ः३० बजेबाटआयोजना गर्ने निर्णय गरेको हो।
बैंकले यही वैशाख १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले वैशाख १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार २१.९३ रुपैयाँको कुल ४.६४२१ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
Comments