युनाईटेड र अजोड इन्स्योरेन्सको विशेष साधारणसभा आह्वान

युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले मर्जर प्रस्ताव पारित गर्न विशेष साधारणसभा वैशाख २५ गतेका लागि आह्वान गरेका छन् । अजोड इन्स्योरेन्सको साधारणसभा युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा हुने छ भने युनाईटेड इन्स्योरेन्सको साधारणसभा अनमोल ब्यान्क्वेटमा हुने छ।  
स्वाप रेसिओ १००:८२.५ रहने यस मर्जरमा युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले मर्जरपछि बन्ने कम्पनीको १०० बराबर १०० कित्ता नै शेयर पाउने छन् भने अजोड इन्स्योरेन्सका लगानीकर्ताले १०० बराबर ८२.५ कित्ता शेयर पाउने छन् । मर्जर पछि बन्ने कम्पनीको नाम युनाईटेड अजोड इन्स्योरेन्स रहने छ। 

Comments

Back to top