नेप्सेमा सुचिकृत हाइड्रो सेक्टरको सस्तो र राम्रो कम्पनि कुन ?
हाइड्रोपावर उपसमुह अन्तर्गत सबै भन्दा राम्रो स्टक सानिमामाइ हाइड्रोपावर लिमिटेड (SHPC) रहेको छ।
आज बैशाख ५ गतेको दिन ३३७ रुपियामा कारोबार भइ रहेको यस कम्पनिको बुक भ्यालु १७१ रहेको छ। मूल्य आम्दानी अनुपात २०.९ रहेको छ जुन यस सेक्टरकै न्यून अनुपात हो। यस कम्पनीको नेट प्रोफिट मार्जिन ५७.७ प्रतिशत रहेको छ जुन निकै नै राम्रो हो। रिटर्न अन इक्युटि ११ रहेको यस कम्पनीको यस आर्थिक वर्षमा अघिल्लो आर्थिक बर्षको तुलनामा रिजर्भमा १९३.५ प्रतिशतको विद्धि भएको देखिन्छ। रिटर्न अन एसेट यस कम्पनिको ८.२० रहेको छ जुन यस सेक्टरमा रहेका कम्पनीहरु मध्यको औसत रिटर्न अन एसेट भन्दा उच्च हो। पुरै सेक्टर ओभरभ्यलुड रहेको बेला पनि यस स्क्रिप्ट ग्राम नम्बर भन्दा जम्मा ३५ प्रतिशत टाढा रहेको छ।
Comments