नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम ८७ करोड ४ लाख ४८ हजार !

आज मंगलबार ३.०७ अङ्कले घटेर ०.१६% गिरावटका साथ नेप्से परिसूचक १९०४.९८ अङ्कमा बन्द भएको छ। कारोबार भएका २६६ कम्पनीमध्ये ६२ कम्पनी उकालो लागेका छन्, १३८ कम्पनी ओरालो लागेका छन् भने कम्पनी १९ कम्पनी स्थिर रहेका छ।


कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।


प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा  कालिन्चोक दर्सन  रहेको  छ जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा खप्तड लघुवित्त रहेको छ जसको सेयर मूल्य ५.०५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा   र भोल्यूममा प्रभु बैंकको प्रोमोटर शेयर  कारोबार भएको छ।

Comments

Back to top