आरएसडिसी लघुवित्तले प्रकाशित गर्यो तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण
आरएसडिसी लघुवित्तले आज चालु आर्थिक वर्षको तेश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ०.४० प्रतिशतमा सीमित निस्क्रिय कर्जा बढेर यस समीक्षा अवधिमा १.३७ प्रतिशत पुगेको छ । विवरण अनुसार यस कम्पनीको खूद नाफा घटेको देखिन्छ ।
यस अवधिमा कम्पनीको चुक्तापूँजी ८ प्रतिशतले बढेको देखिएको छ भने रिजर्भ ७.७१ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा खूद ब्याज आम्दानी बढेर २१ करोड ४० लाख पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा कम्पनीको इपीएस १५.६२ रुपैया रहेको थियो भने अहिले यस समीक्षा अवधिमा १३.१९ रुपैयामा सीमित भएको छ ।
Comments