हिमालयन कम्पनीद्वारा अन्तर्राष्ट्रिय स्तरको हस्तकला प्रदर्शनी

अन्तर्राष्ट्रिय स्तरको हस्तकला हिमालयन अन्तर्राष्ट्रिय प्रदर्शनी कम्पनीले प्रदर्शनी गर्ने भएको छ ।  कम्पनीले भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको हस्तकला प्रदर्शनी  वैशाख ८ देखि १० गतेसम्म सञ्चालन गर्ने भएको हो।

उक्त प्रदर्शनीको मुख्य उद्देश्य नेपाली उत्पादनलाई विश्व बजारमा पहुँच गराउने र नेपाली उत्पादनको निर्यातलाई बढाइ आर्थिक संवृद्धि गराउनु रहेको आयोजकले जनाएको छ । 

नेपालका हस्तकला भन्नाले पश्मिना, स्टोन, माला, क्यूरियाको सामानहरु, गलैंचा, गार्मेन्टका सामानहरु, हेम्प, सिसा पाइपहरु,नेपालीकागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, खुकुरीहरु, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तुहरु, जडिबुटीहरू, सजावटका सामानहरु, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङग्, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र सँस्कृति सम्बन्धितक्रियाकलापहरु)भएमाउक्तउत्पादनको लागिअन्तर्राष्ट्रिय स्तरमा परिचित एवं विक्रिवितरणका लागि ५०० जनाभन्दा बढी विदेशीक्रेताहरु (अमेरीका, क्यानडा, यूरोप, चिन, भारत लगायतअन्य देशहरुबाट) को आगमन हुने कम्पनीले जनाएको छ । 

हिमालयन इन्टरनेशनल एक्स्पो आइ एन सी .ले प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी १७६ स्टलहरू रहने छन् । प्रदर्शनी मेलाको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा  गोष्ठी आयोजना गरिने, विश्वका विभिन्न देशहरुबाट क्रेताहरु  भित्र्याउने र बढीभन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीहरुसँग सम्बन्ध विस्तार गराई निर्यात बढाई आर्थिक संवृद्धि गरिने आयोजकले जनाएको छ ।  

Comments

Back to top